समबन्धहरु

हिजोसम्म नचिनेकाहरु आज नजिक छन्
हिजोसम्म चिनेकाहरु आज टाडा भएछन्
थाहा नभएक अनि मतलब नराखेकाहरु
कसरी कसरी अनायसै नजिक भएछन्

जसलाई सम्झन्छु अनि आफ्नो ठन्छु
उनिहरु नै परपर अनि पर हुँदै गएछन्
मिठो बोल्यो उनिहरुनै चिप्लो घसे
बदी बोल्यो अनि खुस्केट भन्छन्
नबोली आफ्नो हिसाब हिडे लाटा
सोझो जन्मनु ठुलो मिस्टक भन्छन्
अचम्म  हुँदारहेछन सम बन्धहरु
मिठा हुँदारहेछन भेटभन्दा सम्झनाहरु

Comments