हो दशैं आएकै हो ।


हो दशैं आएकै  हो ।
 स्कुल देखी अफिसमा हेरी हेरी ५ देखी ३० दिनसम्म छुट्टी भएको छ ।
हरेक चोक , बजार , मलहरुमा मान्छेको भिड उस्तै छाएको छ ।
बैंक तथा बित्तिय संस्थाहरुमा नया नोट आएको छ । ।
यातयात ब्यवसायीहरुले मारामार टिकेट बूकिङ पाएको छ ।
हो दशैं आएकै हो ।


धेरैको धेरै पछिको लामो फुर्सद्को समय आएको छ ।
केटा केटी युवा तन्नेरीहरुले आकाशमा चङ्गा उडाएको छ ।
राजमार्गहरुमा यात्रुहरुलाई खाना खुवाउन भ्याइनभ्याइ भएको छ ।
बालक देखी बृद्धसम्म यात्रुदेखी चालक सम्म घर जाने भएपछी यो शहरमा एक पाराको शुन्यता छाएको छ ।
हो दशैं आएकै  हो ।

Comments