अन्जानैमा

अन्जानैमा नसोधी नबुझी तिमीसंग प्रित लाए होला
बेलाबखतमा तिम्रो यादमा गीत मैले गाए होला

माफ गर्नु मलाई तिमी नचाहदा नचाहदै पनि
इच्छा विपरीत धेरैपल्ट तिम्रो सामु आए होला

अज्ञात मनलाई के थाहा हुनु सही गलत
माया त परै जाओस तिमीबाट घृणा बढी पाए होला

मनै थियो मान्दैन त्यो बुझीबुझीकन अघि बढ्यो
पाइहाल्छु कि माया एकदिन भनी अति नै धाए होला
अञ्जानैमा नसोधी नबुझी तिमीसंग प्रीत लाए होला

Comments