आजभोली हरक्षण

आजभोली हरक्षण तिमीलाई पाउन म मरिमेट्छु
दिनको त कुरा छोडौं सपनीमा हरपल म भेट्छु

छायाँ हौँ तिमी मेरो जिन्दगीको
हरेक दुःख सुखमा तिमीलाई म समेट्छु

तिम्रा खुशीका निम्ति त्याग गर्न म तयार भए
मैले देखेका हरखुशी तिमीतिरै म घचेट्छु

जे जति बाधा आइपर्छन् तिम्रो सामुमा
तम्तयार भइ निस्फिक्री त्यसलाई म लखेट्छु

Comments