मेरो रचना

आमा तिमी

नौ महिना सहेर गर्भमा जन्माउने आमा तिमी
हासो खुशी बराबर दिन संसार धाउने आमा तिमी

हुन्न है बैरी बन्न मिलेर आपसमा बस्नुपर्छ भन्दै
सद्भाव शान्ति अनि प्रेम जीवनभर सिकाउने आमा तिमी

जस्तोसुकै दुःख पर्दा पनि हौसला र विश्वास बोकी
सन्तान सवैमा उन्नतिको गीत गाउने आमा तिमी

सकिन्न विर्सन रतिभर गुण माया र त्यागको
सानै काँडाले घोचे पनि याद आउने आमा तिमी


अशोक श्रेष्ठ – २०६८ -०२-२०

Comments